


दमौली, ११ मंसिर । नेकपा एमालेको आगामी मंसिर २७ गतेदेखि हुने एघारौं महाधिवेशनको प्रतिनिधि बन्न तनहुँमा ६२ जनाले उम्मेदबारी दर्ता गरेका छन् । निर्वाचन कार्यक्रम अनुसार बुधबार उम्मेदबारी दर्ताको कार्यक्रम रहेको थियो ।
तनहुँका दुबै निर्वाचन क्षेत्रबाट १२ जनाले महाधिवेशनमा भाग लिन पाउँछन् । क्षेत्र नम्बर १ बाट २ खुल्ला, २ महिला र १ जना ४० वर्ष मुनीका प्रतिनिधि छनौट हुनेछन् । त्यसैगरि क्षेत्र नम्बर २ बाट ३ खुल्ला, २ महिला र १ जना ४० वर्ष मुनिका युवा प्रतिनिधि र जिल्लाभरबाट १ जना दलित प्रतिनिधि महाधिवेशनकोलागि छनौट हुनेछन् ।
तनहुँ क्षेत्र नम्बर १ बाट २ जना खुल्ला प्रतिनिधिका लागि १२ जनाले उम्मेदबारी दर्ता गरेका छन् । जसमा हरिराज कडेंल, कृष्णराज ढकाल, अनिल पाण्डे, श्रीराम कार्की, ऋषिराम भुषाल, रामबहादुर गुरुङ, घनश्याम श्रेष्ठ, गोविन्दप्रसाद अधिकारी, पुर्णबहादुर गुरुङ, प्रेमकुमार राना, प्रदिपराज अधिकारी र बासुदेव पुडासैनी रहेका छन् ।
त्यस्तै २ जना महिला प्रतिनिधिका लागि ८ जनाले उम्मेदबारी दिएका छन् । महिलातर्फ सीता पाण्डे, बिन्दु बस्नेत, मनुमाया श्रेष्ठ, देवु विष्ट, बेदकुमारी वाग्ले, रुपा तामाङ, बसुन्धरा घर्ती र फुलमती थापाले उम्मेदबारी दिएका छन् ।
त्यसैगरि १ जना ४० वर्ष मुनिका युवा प्रतिनिधिको लागि मदन तिमिल्सेना, सोमबहादुर तामाङ, बिरबहादुर लामा (चिज), अजित पन्थ, रामप्रसाद सापकोटा, अमिर गुरुङ, सुजन आचार्य र सरु कुमालले उम्मेदबारी दिएका छन् ।
त्यस्तै क्षेत्र नम्बर २ तर्फ ३ जना खुल्ला प्रतिनिधिका लागि १८ जनाले उम्मेदबारी दिएका छन् । उम्मेदबारी दिनेहरुमा खिमबहादुर महत क्षेत्री, श्यामराजा महत, विष्णुभक्त सिग्देल, आनन्द सुन्दर श्रेष्ठ, कमल ढकाल, मुक्तिनाथ तिमिल्सेना, दिर्घबहादुर थापा, धर्मराज खनाल, रामचन्द्र उपाध्याय, दलराज थापा (कुमार), होमबहादुर थापा, राजेश्वर ढकाल, श्रीप्रसाद श्रेष्ठ, निरोज खनाल, नारायण खनाल, हर्कबहादुर गुरुङ, सुर्यबहादुर गुरुङ र लक्ष्मण पौडेल रहेका छन् ।
त्यसैगरि २ जना महिला प्रतिनिधिका लागि विष्णुकुमारी अधिकारी पराजुली, विष्णुमाया श्रेष्ठ, बिर्सना श्रेष्ठ, रत्नादेवी घिमिरे, सानुमाया महत र फुलमाया वाग्लेले उम्मेदबारी दिएका छन् । त्यस्तै १ जना ४० वर्ष मुनिका युवा प्रतिनिधिका लागि आरके पोख्रेल, उज्वल खनाल, इमानसिंह सार्की र खिमबहादुर कुमालले उम्मेदबारी दिएका छन् ।
त्यसैगरि जिल्लाभरबाट १ जना दलित तर्फको प्रतिनिधिका लागि बाबुराम सुनार, मिठुमाया गन्धर्व, दिपक खाती, मनोज सुवर्णकार, भरत लामगादे र मोहन सुनारले उम्मेदबारी दिएका छन् ।
प्रतिनिधि छनौटको निर्वाचन सम्बन्धी कार्यक्रम अनुसार बिहीबार दिउँसो १ बजेसम्म उम्मेदबारी फिर्ता गर्ने समय राखिएको छ । यसका लागि बिहान ११ बजे पार्टी कार्यालयमा सबै उम्मेदबारहरुलाई भेला हुन आह्वान गरिएको जिल्ला कमिटीका अध्यक्ष हरिराज कडेंलले बताए ।
दिउँसो १.३० बजे उम्मेदबारको अन्तिम नामावली प्रकाशन गरिनेछ । मतदान कार्यक्रम मंसिर १३ गते बिहान ९ देखि दिउँसो २ बजेसम्म सबै पालिकाको पार्टी कमिटी कार्यालय हुनेछ भने सबै मतपेटिकाहरु पार्टी कार्यालयमा दमौलीमा जम्मा गरेर साँझ ५ बजेबाट मतगणना गरिने निर्वाचन कमिटिले जनाएको छ ।
महाधिवेशनमा तनहुँका नेताहरु किरण गुरुङ, टुकराज सिग्देल, केदार सिग्देल, भगवती न्यौपाने र सविता रसाईली आयोजकको रुपमा स्वतः प्रतिनिधि बन्नेछन् ।