


दमौली, १५ मंसिर । व्यास नगरपालिका-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस स्ववियु सभापति अनुप आलेले स्ववियु परिषद् २०८२ को चुनावमा सचिवमा दावेदारी प्रस्तुत गरेका छन् ।
आलेले सबै पदाधिकारी, साथी तथा सहकर्मी विद्यार्थीहरूलाई सहयोगका लागि अपिल गरेका छन् । उनले भनेका छन्, ‘ म आफ्नो सम्पूर्ण टिमलाई साथ लिएर, एकता, सक्रियता र जिम्मेवारीसहित विद्यार्थी हितका लागि काम गर्ने दृढ प्रतिवद्धता गर्दछु। विद्यार्थी हकहित, पारदर्शिता, पहल र सकारात्मक परिवर्तन हाम्रो प्राथमिकता हुनेछ।’
