


दमाैली, २० मङ्सिर । प्रदेश आयुर्वेद चिकित्सालय तनहुँको आयोजनामा स्थानीय तहबाट प्रवाह गरिएको आ.व २०८१÷०८२ को आयुर्वेद सेवा कार्यक्रमको वार्षिक समिक्षा, सेवा प्रावहको तथ्यांक विश्लेषण तथा आयुर्वेद औषधालयमा कार्यरत स्वास्थ्यकर्मीहरुको क्षमता विकास कार्यक्रम शनिबार शुक्लागन्डकी नपा–६ मा झाँगाझोलीमा सम्पन्न भएकाे छ ।
दुई दिन सम्म चलेको उक्त कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका कार्यालय प्रमुख अमर दवाडी, दमौली अस्पतालका मेसु डा.परिवर्तन बराल, आयुर्वेद चिकित्सक डा.किरणचन्द्र पौडेल, प्रादेशिक स्वास्थ्य तालिम केन्द्रकातथ्यांक अधिकृत प्रविण भण्डारी, कोष तथा लेखा निरिक्षण कार्यालय तनहुँका लेखापाल रामचन्द्र पौडेलले प्रशिक्षण दिएका थिए ।
आयुर्वेद चिकित्सक डा.किरणचन्द्र पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य बरिष्ठ कविराज निरिक्षक शम्भु चापागाँई तथा सहजिरकण कविराज निरिक्षक भोजहरि रानभाटले गरेका थिए । सो कार्यक्रममा स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, आयुर्वेद औषधालय एवं नागरिक आरोग्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो ।