


दमौली, ११ पुस । उज्यालाे नेपाल पार्टीका गण्डकी प्रदेश संयोजक गुरुङले उज्यालो नेपाल निर्माण र उज्यालो भविष्य निर्धारणका लागि सबै उज्यालो नेपाल पार्टीमा गोलबद्ध हुनुपर्ने बताएका छन् । साे पार्टीकाे आज दमाैलीमा आयाेजित जिल्ला भेलामा गुरुङले कुलमान घिसिङले लोडसेडिङ हटाएको र अब कुलमानकै नेतृत्वमा विकासको लोडसेडिङ अन्त्य हुने दावी गरे ।
उनले जेनजी आन्दोलनले सबै पार्टीमा युवाको प्रतिनिधित्व हुनुपर्छ भन्ने जागरण आएको बताउँदै नेपालको विकासका लागि अब युवाहरु नै अगाडी बढ्नुपर्ने बताए । नेपालको वैकल्पिक शक्ति उज्यालो नेपाल पार्टी बन्ने दावी गर्दै गुरुङले भने, “जनतालाई अब आश्वासन होइन, डेलिभरी चाहिएको छ । त्यसका लागि उज्यालो नेपाल वैकल्पिक शक्तिको रुपमा उदाउनेछ ।”
