


दमौली, १२ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी व्यास नगरपालिका-४ को अधिवेशन शनिबार सम्पन्न भएको छ ।
अधिवेशनबाट क्या. सिम्ह बहादुर गुरुङ (गोपाल) सभापतिमा चयन भएका छन्। उपसभापतिमा वसन्त गिरि, सचिवमा उदय राज खनाल चयन भएका छन् ।
त्यसैगरी सदस्यहरूमा जीवनलाल श्रेष्ठ, अमर गुरुङ, अमृत बहादुर थापा, सलिम मिया, ज्योति अधिकारी थापा र सीता खनाल चयन भएका छन् ।
अधिवेशनले सल्लाहकार समिति समेत गठन गरेको छ। सल्लाहकार समितिको संयोजकमा भाग्यशाली ढुंगाना चयन भएका छन् भने सदस्यहरूमा बुद्धिमान श्रेष्ठ र जगराम गुरुङ रहेका छन् ।