सलमान खानले ‘बिग बोस १४’ का लागि लिए यति मोटो रकम !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    सलमान खानले ‘बिग बोस १४’ का लागि लिए यति मोटो रकम !

    खबरपुञ्ज संवाददाता

    १४ भाद्र २०७७, सोमबार

    एजेन्सी : सलमान खानले होस्ट गर्दैआएको लोकप्रिय रियालिटी शो ‘बिग बोस’ को १४ औं सिजन छिट्टै शुरु हुँदैछ । भारतीय च्यानलबाट प्रसारण हुने यो शोको दर्शकले प्रतीक्षा गरिरहेका छन् ।

    शोको होस्ट गर्ने सलमान खानले महंगो पारिश्रमिक लिएको चर्चा चलेको छ । ‘बिग बोस’का लागि हरेक वर्ष सलमानको पारिश्रमिक बढ्दै आएको छ ।

    यो पटक भने पहिलेको तुलनामा धेरै पारिश्रमिक बढेको छ । मिडिया रिपोर्टका अनुसार सलमान खानले यो शोबाट करोडौं रकम लिने भएका छन् ।

    खबरका अनुसार ‘बिग बोस १४’ का लागि सलमान खानले करीब २ सय ५० करोड भारु पारिश्रमिक लिनेछन् । यो शोका लागि सलमान खानले हप्तामा एकपटक शूटिङ गर्नेछन् ।

    एक हप्तामा सलमान खानलाई २० करोड ५० लाख भारु पारिश्रमिक दिइनेछ । यो हिसाबले उनले एक एपिसोडका लागि१० करोड २५ लाख भारु लिनेछन् ।