तनहुँ-१ का उम्मेदवार मन्जिल राना भन्छन् : तनहुँको पीडा जीवनबाट बुझेको छु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ-१ का उम्मेदवार मन्जिल राना भन्छन् : तनहुँको पीडा जीवनबाट बुझेको छु

    खबरपुञ्ज संवाददाता

    १२ माघ २०८२, सोमबार

    दमौली, १२ माघ । तनहुँ–१ का उम्मेदवार मन्जिल रानाले तनहुँको वास्तविक समस्या किताबबाट नभई जीवनका अनुभवबाट बुझेको बताएका छन् । उज्यालो नेपाल पार्टीबाट उम्मेदवार उनले ठूला शहरका उपभोक्ता र ग्रामीण किसान दुवै ठगिँदै आएको यथार्थतर्फ ध्यानाकर्षण गराएका छन् ।

    शहरका उपभोक्ताले शुद्ध दूध, रसायनरहित तरकारी र लोकल कुखुराको खोजी गर्ने भए पनि धेरैजसो अवस्थामा पानी मिसिएको दूध, विषादीयुक्त तरकारी तथा फ्याक्ट्री फार्ममा उत्पादन गरिएका कुखुरा ‘लोकल’ भन्दै बेचिने गरेको उनको भनाई छ। यसले उपभोक्तालाई भ्रममा पार्नुका साथै उनीहरूको स्वास्थ्यमा समेत जोखिम थपिएको उनले उल्लेख गरेका छन् ।

    अर्कोतर्फ, गाउँमा साँच्चिकै स्वच्छ र प्राकृतिक उत्पादन गर्ने किसानहरू भने उचित मूल्य नपाएर पछाडि परेको रानाले उल्लेख गरे । “उपभोक्ताले कुन उत्पादन कहाँबाट आएको हो भन्ने छुट्याउन नसक्ने अवस्था छ,” उनले भने ।

    तनहुँजस्ता क्षेत्रका कुखुरा, सुन्तला र कागतीजस्ता स्थानीय उत्पादनले स्पष्ट पहिचान र उचित मूल्य पाउनुपर्नेमा रानाले जोड दिएका छन्।