तनहुँ–१ का सांसद डा. स्वर्णिम वाग्लेद्वारा मतदातालाई धन्यवाद
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ–१ का सांसद डा. स्वर्णिम वाग्लेद्वारा मतदातालाई धन्यवाद

    खबरपुञ्ज संवाददाता

    २५ फाल्गुन २०८२, मंगलवार

    दमौली, २६ फागुन । तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेले मतदाताप्रति आभार व्यक्त गरेका छन्।

    वाग्लेले आकांक्षी उम्मेदवारदेखि निर्वाचित सांसदको चरणसम्म भोट माग्दै र धन्यवाद दिँदै विगत दुई महिनामा तनहुँ–१ का अधिकांश गाउँ–बस्ती पुग्दा हजारौँ मतदाताबाट प्राप्त स्नेह र विश्वासलाई आफूले ऊर्जा र प्रेरणाका रूपमा ग्रहण गरेको बताएका छन्।

    “आकांक्षी उम्मेदवारदेखि निर्वाचित सांसदको चरणसम्म भोट माग्दै, धन्यवाद दिँदै विगत दुई महिना तनहुँ–१ का अधिकांश गाउँ–बस्ती पुग्दा हजारौँ मतदाताहरुबाट पाएको स्नेह र राखिएको भरोसालाई ऊर्जा र प्रेरणाका रूपमा ग्रहण गर्दै आज राजधानी पुग्दैछु,” उनले मंगलबार बिहान फेसबुक मार्फत् भनेका छन् ।

    संघीय सांसदको गहन जिम्मेवारी पुनः सुम्पिएकोमा तनहुँका आमाबुवा, दिदीबहिनी तथा दाजुभाइप्रति उनले हार्दिक कृतज्ञता व्यक्त गरेका छन्।

    उनका अनुसार आमनिर्वाचनको राष्ट्रिय नतिजा इमानदार राजनीति, समुन्नति र उत्तरदायी शासनप्रतिको जनआकांक्षाको शक्तिशाली अभिव्यक्ति हो। दशकौँदेखि संचित निराशालाई आशामा रूपान्तरण गर्ने जनताको साहसप्रति सम्मान व्यक्त गर्दै उनले देश–विदेशमा रहेका सबै नेपालीलाई सार्थक र दीगो परिवर्तनका साझेदारका रूपमा अघि बढ्न आग्रह गरेका छन्।