एमाले कास्कीका नेता थापाको निधन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    एमाले कास्कीका नेता थापाको निधन

    खबरपुञ्ज संवाददाता

    २७ फाल्गुन २०८२, बिहीबार

    पोखरा, २८ फागुन । निर्वाचन समीक्षा बैठकमा बोल्नासाथ ढलेका एमाले कास्की इन्चार्ज कृष्ण थापाको निधन भएको छ ।

    एमाले पोखरा महानगर कमिटी अध्यक्ष जीवन आचार्यका अनुसार भर्खरै मणिपाल मेडिकल कलेजले उनको निधनको घोषणा गरेको हो ।

    निर्वाचन समीक्षा कार्यक्रममा आफूले बोल्नासाथ कुर्सीमा बसेका थापा त्यहीँ ढलेका थिए ।

    महानगर अध्यक्ष आचार्यका अनुसार १० मिनेटभित्रै मणिपाल मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो । त्यहाँ पुग्दासम्म श्वासप्रश्वास चलेजस्तो लागेको, तर केही समयमै चिकित्सकले मृत घोषणा गरेका हुन् ।