कोरोनाबाट तनहुँकी युवतीको मृत्यु, गण्डकीमा १५ पुगे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कोरोनाबाट तनहुँकी युवतीको मृत्यु, गण्डकीमा १५ पुगे

    खबरपुञ्ज संवाददाता

    १६ भाद्र २०७७, बुधबार

    तनहुँ : तनहुँकी एक युवतीको कोरोना सङ्क्रमणबाट निधन भएको छ । व्यास नगरपालिका-२ निवासी २० वर्षीया युवतीको कोरोना सङ्क्रमणबाट निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    उनको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा मङ्गलबार निधन भएको स्वास्थ्य निर्देशनालयले बुधबार प्रेस विज्ञप्ती मार्फत् जनाएको छ ।

    व्यास नगरपालिका-२ का वडाध्यक्ष काशीराम श्रेष्ठका अनुसार उनको डेढ महिनादेखि भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भईरहेको थियो । उनलाई भदौ १४ गते अल्कामा रिफर गरिएकाे थियाे । “अल्कामा कोरोना परीक्षण गर्दा पाेजिटिभ रिपोर्ट आएपछि त्रिविमा पठाईएको रहेछ । त्यहाँ अक्सिजन र भेन्टिलेटरको व्यवस्था नहुँदा ज्यान गयो,” मृतकको वुबाको भनाई उद्धृत गर्दै श्रेष्ठले भन्नुभयाे ।

    ती युवतीमा भदौ १६ गते नै कोरोना पुष्टि भएको हो । यससँगे गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

    फाइल तस्वीर