गण्डकीमा ६२ सङ्क्रमित थपिए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकीमा ६२ सङ्क्रमित थपिए

    खबरपुञ्ज संवाददाता

    १६ भाद्र २०७७, बुधबार

    पाेखरा : गण्डकी प्रदेशभर बुधबार ६२ जना कोरोना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ९ सय ३० जनाको पिसीआर परीक्षण गरिएकामा उक्त सङ्ख्यामा संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिनुभयाे ।

    कास्कीमा २४, लमजुङमा २५ जना, नवलपरासी वर्दघाट सुस्तापुर्वमा ८, तनहुँमा ३, बाग्लुङ र स्याङजामा १/१ जनालाई संक्रमण पुष्टी भएको हो । योसंगै गण्डकीमा संक्रमितको संख्या २ हजार २ सय ७३ पुगेका छन् ।

    तीमध्ये १ हजार ७ सय १२ जना निको भएर घर फर्कदा ५ सय ४६ जना आईसोलेसनमा उपचाररत छन् । १५ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । कास्कीका ३९, तनहुँका २, नवलपरासी नवलपरासी वर्दघाट सुस्तापुर्व र मनाङका १/१ जना होम आईसोलेसनमा बसेको शर्माले बताए । प्रदेशभर ६ सय ३ जना क्वारेन्टिनमा छन् । हालसम्म ४८ हजार ३ सय ७४ नमुना स्वाब संकलन गरी पिसीआर परिक्षण गरिएको शर्माले उल्लेख गरे ।