भारतमा पब्जीमाथि प्रतिबन्ध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    भारतमा पब्जीमाथि प्रतिबन्ध

    खबरपुञ्ज संवाददाता

    १७ भाद्र २०७७, बिहीबार

    एजेन्सी : भारतले चीनमा विकसित गरिएका मोबाइल एपहरु बन्द गर्ने क्रममा गेमिङ एप पबजीसहित ११८ वटा मोबाइल एप्स प्रयोगमा बन्देज लगाएको छ। 

    ती एपबाट भारतको सम्प्रभुता, अखण्डता, देशको सुरक्षा तथा लोकतन्त्रमा खतरा पुगेको भन्दै इलेक्ट्रोनिक्स तथा इन्फरमेसन टेक्नोलोजी मन्त्रालयले प्रतिबन्ध लगाएको हो। 

    यसबाट भारतको साइबर स्पेसको सुरक्षा सुनिश्चित गर्न मद्दत पुग्ने मन्त्रालयको दाबी छ। ती एपबाट प्रयोगकर्ताको निजी तथ्यांक बाहिरिएको भारतले बताउँदै आएको थियो। 

    यसअघि भारतले टिकटकसहित ५९ वटा मोबाइल एपमा प्रतिबन्ध लगाएको थियो। अहिलेसम्म भारतले ११८ वटा चिनियाँ मोबाइल एपमा प्रतिबन्ध लगाइसकेको छ। 

    उता, अमेरिकाले पनि टिकटक लगायत कैयौं चिनियाँ मोबाइल एपमा प्रतिबन्ध लगाएको छ।