गण्डकीका मुद्दा प्राथमिकतामा: संघ–प्रदेश समन्वयमा मुख्यमन्त्री पाण्डेको जोड
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकीका मुद्दा प्राथमिकतामा: संघ–प्रदेश समन्वयमा मुख्यमन्त्री पाण्डेको जोड

    खबरपुञ्ज संवाददाता

    २ बैशाख २०८३, बिहीबार

    दमौली, ३ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशका प्रमुख समस्या र आवश्यकतालाई प्राथमिकतामा राख्दै प्रधानमन्त्री वालेन्द्र शाहले आयोजना गरेको मुख्यमन्त्रीहरूको छलफलमा आफ्नो धारणा राखेका छन्।

    बिहीबार आयोजित उक्त छलफलमा मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशमा देखिएका विकास निर्माणका चुनौती, आवश्यक कानुन निर्माणको ढिलाइ, तथा स्रोत–साधनको अभावका विषयमा विशेष जोड दिएका थिए। उनले प्रदेशको समग्र विकासका लागि संघीय सरकारबाट स्पष्ट नीति, पर्याप्त बजेट तथा प्रभावकारी समन्वय आवश्यक रहेको बताए।

    पाण्डेले गण्डकी प्रदेशका सडक, स्वास्थ्य, शिक्षा र पर्यटन पूर्वाधारलाई तीव्र गतिमा अघि बढाउन संघीय सहयोग अपरिहार्य रहेको उल्लेख गर्दै प्रदेशका योजना कार्यान्वयनमा देखिएका अवरोध हटाउन आग्रह गरेका थिए।

    छलफलका क्रममा संघ–प्रदेश सहकार्यलाई मजबुत बनाउने, स्रोतको न्यायोचित बाँडफाँड सुनिश्चित गर्ने तथा संघीयता कार्यान्वयनलाई व्यवहारिक र प्रभावकारी बनाउने विषयमा सकारात्मक सहमति भएको जनाइएको छ।