सिकेबिके क्याम्पसको अध्यक्षमा पिया
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सिकेबिके क्याम्पसको अध्यक्षमा पिया

    खबरपुञ्ज संवाददाता

    ३ जेष्ठ २०८३, सोमबार

    दमौली, ४ जेठ । बन्दीपुर गाउँपालिका–१ स्थित चिज कुमार विष्णु कुमारी क्याम्पसको अध्यक्षमा सरिता पिया चयन भएकी छन् ।

    क्याम्पसको सोमबार सम्पन्न वार्षिकोत्सव एवं अधिवेशनबाट नयॉ समिति चयन भएको हो। नवगठित कार्यसमितिको उपाध्यक्षमा कुलेन्द्र गौतम चयन भएका छन् ।

    त्यसैगरी सदस्यहरूमा गोविन्द प्रसाद अधिकारी, दिलमाया थापा, जीवन कायस्थ, धन बहादुर आले, जलालदिन मिया, विष्णुमाया डल्लाकोटी तथा विजया अधिकारी चयन भएका छन् ।

    पदेन सदस्यहरूमा वडा अध्यक्ष शिव कुमार श्रेष्ठ, पवित्रा माविका पीटीए अध्यक्ष दीपक देवकोटा, पवित्रा माविका प्रधानाध्यापक विष्णु प्रसाद न्यौपाने, क्याम्पस प्रमुख माधव पण्डित (सदस्य सचिव) तथा पवित्रा माविका अध्यक्ष डिल बहादुर राना रहेका छन् ।