अभद्र व्यवहार देखाएको भन्दै सभामुखले दिए हर्क साम्पाङलाई चेतावनी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    अभद्र व्यवहार देखाएको भन्दै सभामुखले दिए हर्क साम्पाङलाई चेतावनी

    खबरपुञ्ज संवाददाता

    ५ जेष्ठ २०८३, बुधबार

    काठमाडाै ६ जेठ । प्रतिनिधि सभाको बैठकमा दैनिक प्लेकार्ड देखाएर अभद्र व्यवहार गरेको भन्दै सभामुख डोलप्रसाद अर्यालले हर्क साम्पाङ (अध्यक्षसहित) श्रम संस्कृति पार्टीका सांसदलाई चेतावनी दिएका छन् ।

    बुधवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुखले शुरूमा मर्यादा कायम गर्न आग्रह गर्दै चेतावनी दिएका हुन् ।

    ‘प्रतिनिधि सभाको मर्यादा कायम गर्नु सबैको कर्तव्य हो । नियम २० को खण्ड (झ) बमोजिम आग्रह गर्दछु । यस्तै, नियम ३० मा रहेको व्यवस्थातर्फ ध्यानाकर्षण गराउँछु,’ अर्यालले भने, ‘श्रम संस्कृति पार्टीका सांसद हर्क राईसहितका सांसदले नियमित रूपमा संसदमा प्लेकार्ड र अभद्र व्यवहार देखाएकाले व्यवहार सच्चाउन नियम ३० अनुसार चेतावनी दिन्छु ।’

    प्रतिनिधिसभा नियमावली २०७९ को नियम ३० मा अभद्र व्यवहार गर्ने सदस्यलाई सभामुखले चेतावनी दिन सक्ने व्यवस्था छ । त्यसपछि तुरुन्तै सदस्यले आफ्नो व्यवहार सच्च्याउनुपर्छ ।