


दमौली, ८ जेठ। तनहुँको व्यास नगरपालिका–१४ बेलडाँडामा चट्याङको दुःखद घटना फेरि दोहोरिएको छ।
आज परेको चट्याङबाट एक जना महिला गम्भीर घाइते भएकी छन्। घाइते महिलालाई प्रदेश अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि चितवन रिफर गरिएको छ।
यसअघि गत जेठ १ गते सोही घरमा चट्याङ पर्दा १९ वर्षीया ललिशा थापाको ज्यान गएको थियो। एक साताको अन्तरालमै पुनः चट्याङ पर्दा मृतक ललिशाकी फूपु घाइते भएकी हुन्।
लगातार एउटै घरमा चट्याङका घटना दोहोरिएपछि स्थानीय त्रसित बनेका छन्।