


दमौली, ९ जेठ । होटल ब्यवसायी संघ तनहुँको साधारण सभा शनिबार सम्पन्न भएको छ ।
संघका अध्यक्ष गिरीबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा होटल ब्यवसायी महासंघ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष दुर्गाविलास भट्टराईले होटल व्यवसायलाई मर्यादित पेशाको रुपमा रुपका विकास गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा होटल व्यवसायी महासंघका निवर्तमान केन्द्रीय सदस्य एवं तनहुँ होटल व्यवसायी संघका पूर्व अध्यक्ष प्रेमकुमार श्रेष्ठ, शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष समुन्द्रराम श्रेष्ठ, इलाका प्रहरीका कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरिक्षक धननारायण श्रेष्ठले व्यावसायिक एकतामा जोड दिनुपर्ने बताए ।