दमौलीमा आजदेखि पार्किङको नयाँ नियम लागु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौलीमा आजदेखि पार्किङको नयाँ नियम लागु

    खबरपुञ्ज संवाददाता

    ९ जेष्ठ २०८३, आईतवार

    दमौली, १० जेठ । तनहुँ सदरमुकामस्थित दमौली बजारमा पार्किङका लागि नयाँ नियम लागु भएको छ । व्यास नगरपालिकाले दमौली बजार क्षेत्रको ट्राफिक व्यवस्थापन र बजार सुरक्षालाई थप व्यवस्थित बनाउन नयाँ नियम लागु गरेको हो ।

    दमौली बजारमा जथाभावी पार्किङका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको निष्कर्ष निकाल्दै नयाँ नियम लागु गरिएको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए ।

    आजदेखि दमौलीको सफा सडकमा सबै प्रकारका सवारी पार्किङ पूर्ण रूपमा निषेध गरिएको छ । विकल्पस्वरूप शाखा सडक, चोक, नगरपालिकाको पार्किङ ग्राउन्ड र अनशन चौतारी क्षेत्रमा निःशुल्क पार्किङ व्यवस्था मिलाइने उनले बताए ।

    विभिन्न रुटका बस, माइक्रो, म्याजिक, जीप तथा अटोका लागि छुट्टाछुट्टै ‘पिकअप–ड्रप’ समय तोकिएको छ । अधिकांश सवारीलाई बसपार्कमा पठाइने र चोकहरूमा सीमित समयका लागि मात्र यात्रु चढाउने–ओराल्ने व्यवस्था मिलाइने लम्सालले बताए ।

    त्यसैगरी ट्राफिक चोक, साँगे चोक, गणेशमान चोक, न्युरोड लगायतका क्षेत्रमा सवारी ‘क्यू’ व्यवस्थापन कडाइ गरिनेछ। अटो रिक्सा समेत निश्चित सङ्ख्यामा मात्र चोकहरूमा राख्न पाइनेछ ।

    नगरपालिकाले केही सडकलाई एकतर्फी बनाउने निर्णय पनि गरेको छ । वडा नम्बर २ को पृथ्वी राजमार्गबाट ग्रिन सिटी टोल हुँदै भेटघाट चोक जाने सडक, वडा नम्बर ३ तर्फ तरकारी लाइन हुँदै महर्षी चोक जाने सडक तथा पुरानो बैङ्क लाइन–कालिका मार्ग क्षेत्रलाई एकतर्फी बनाइने भएको छ ।

    विद्यालय र सरकारी कार्यालय सञ्चालन हुने सोमबारदेखि शुक्रबारसम्म बिहान ८ः३० देखि १०ः१५ बजेसम्म र साँझ ३ः३० देखि ५ः१५ बजेसम्म सफा सडक, ग्रिनसिटी टोल, गणेशमान चोक, अमरापुरी सत्यवती विद्यालय तथा सरकारी कार्यालय आसपासका क्षेत्रमा मालवाहक, ट्र्याक्टर तथा हेभी सवारी प्रवेशमा रोक लगाइनेछ ।

    नगरपालिकाले करङकाठस्थित बसपार्कमा बत्ती, खानेपानी र शौचालय व्यवस्थापन गर्ने, भोर्लेटार चोक र व्यास चोकमा ट्राफिक पोस्ट तथा सीसीटीभी जडान गर्ने तथा बसपार्कमा टिकट काउन्टरका लागि नगरपालिका भवन उपलब्ध गराउनेछ ।

    सफा सडकमा दुईतर्फी बाटो चालु हुने हुँदा सबै सवारी साधनको पार्किङ निषेध गर्ने, विकल्पमा शाखा सडक, चोक. नगरपालिकाको पार्किङ ग्राउण्ड, अनशन चौतारी क्षेत्रमा निःशुल्क व्यवस्थापन गरिनेछ ।

    व्यास नगरपालिका–४ भोर्लेटार चोक सबलेनमा परेवा डाँडासम्म चल्ने म्याजिक, दुईपिप्ले शिसाघाटसम्म चल्ने चार पाङ्ग्रे्र मिनिबस, पुलिम¥याङ चल्ने बस लगायत लम्जुङको भोर्लेटार, सोतीपसल, जिता, कुन्छा चल्ने ठूला सवारीहरुलाई आउँदा बाघभञ्ज्याङ हुदै सिमलटारतिरबाट बसपार्कमा आउने र जाँदा चौतारी होटल चोकमा एक÷एक वटा सवारी साधनलाई १५÷१५ मिनेट बस्न दिइनेछ ।

    भोर्लेटार चोक स्थित राजमार्गमातर्फ दमौलीदेखि काठमाडौ चल्ने माईक्रो र दमौलीदेखि मुग्लिनसम्म चल्ने बस बसपार्कमा पठाउने र जाने बेला ५ मिनेट पिकअप गर्न दिइनेछ । व्यास नगरपालिका–२ स्थित भोर्लेटार चोक राजमार्गमातर्फ काठमाडौ लगायत अन्य विभिन्न पूर्वी खण्डबाट आउने छोटो तथा लामो दूरीका सबै सवारीलाई यात्रु चढाउने र ओराल्ने गरी दुई मिनेट पिकअप÷ड्रप गर्न समय दिइनेछ ।

    व्यास नगरपालिका–२ भोर्लेटार चोक नमुना टोल सवलेनतर्फ स्थानीयको साना सवारी, तालघरे, डिहिगाँउ, घाँसीकुवा हँुदै व्यास–१०,११ का विभिन्न स्थानमा छुट्ने म्याजिक तथा वस क्यू थाप्ने गरि बसपार्क पठाउने र जाने बेलामा एक÷एक वटालाई मात्र आउन दिई २ मि. पिकअप गर्न दिइनेछ ।

    ट्राफिक चोकतर्फ स्थानीय यातायातका दमौली पोखरा चल्ने माइक्रो, ट्याक्सी क्यू थाप्ने गरेकोमा अबदेखि एक÷एक वटा मात्र क्यू थाप्न दिने बाँकी बसपार्क पठाइनेछ ।

    व्यास ३ साँगे चोकतर्फ तरकारी लाईनको पूर्व तर्फ दमौली पोखरा चल्ने बस क्यू थाप्ने गरि पश्चिम तर्फबाट व्यास ५ र ६ का विभिन्न स्थानमा चल्ने म्याजिक र ठूला सवारी साधनलाई अबदेखि एक÷एक वटा मात्र दुर्गा मन्दिर पश्चिम क्यू थाप्ने गरी पठाइनेछ ।

    भित्री बजारतर्फ व्यास ३ न्यूरोड व्यास नगरपालिकाको कार्यालयको भवन दक्षिण तर्फ पछाडीबाट रिसिङ, घिरिङ चल्ने जीप र माछापुच्छ«े बैङ्क अगाडीबाट ठूला सवारी एक÷एक वटा मात्र क्यू थाप्न दिने र बाँकी वसपार्कमा पठाइनेछ ।

    व्यास २ गणेशमान चोकमा छाब्दी बाराही जाने म्याजिक लगायत व्यास १३ र १४ तर्फ जाने ठूला सवारी एक÷एक वटा मात्र क्यू थाप्न दिने र बाँकी बसपार्कमा पठाइनेछ । अटोलाई उल्लेखित चोकहरुमा दुई÷दुई वटा र अनशन चौतारी चोकमा दुई वटा मात्र राख्न दिने बाँकी बसपार्कमा पठाइनेछ ।