२०औँ वैवाहिक वर्षगाँठमा २० लाखको बीमा पोलिसी हस्तान्तरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    २०औँ वैवाहिक वर्षगाँठमा २० लाखको बीमा पोलिसी हस्तान्तरण

    खबरपुञ्ज संवाददाता

    १६ जेष्ठ २०८३, आईतवार

    दमौली, १७ जेठ । २०औँ वैवाहिक वर्षगाँठको विशेष अवसर पारेर शुक्लागण्डकी नगरपालिका-२ गाछेपानी निवासी सन्तुमाया ढुङ्गानाले आफ्ना श्रीमानको पेन्सन फण्डका लागि २० लाख रुपैयाँ बराबरको जीवन बीमा पोलिसी हस्तान्तरण गरेकी छन्।

    वैवाहिक वर्षगाँठलाई केवल उत्सवका रूपमा मात्र नभई परिवारको आर्थिक सुरक्षा र भविष्य सुनिश्चित गर्ने अवसरका रूपमा उपयोग गर्दै ढुङ्गानाले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडमा उक्त बीमा पोलिसी हस्तान्तरण गरेकी हुन्। उनले परिवारको दीर्घकालीन आर्थिक योजना, बचत र सुरक्षाका लागि जीवन बीमाको महत्व बढ्दै गएको बताइन्।

    ढुङ्गानाले समाजमा वित्तीय सचेतना विस्तार हुँदै गएको उल्लेख गर्दै आर्थिक सुरक्षाका विषयमा नागरिकहरू थप जिम्मेवार बन्न आवश्यक रहेको धारणा व्यक्त गरिन्। “समाज रुपान्तरण हुँदैछ, अझ प्रभावकारी रुपान्तरणका लागि यहाँहरूको ठूलो भूमिका रहन्छ,” उनले भनिन्।