


दमौली, १७ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्दे गाउँ कार्यसमितिको सभापतिमा मनोज अधिकारी निर्वाचित भएका छन् । आइतबार सम्पन्न प्रथम पालिका अधिवेशनबाट अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
अधिवेशनबाट उपसभापतिमा अनिल अधिकारी क्षेत्री, सचिवमा मैना थापा, सहसचिवमा निशाल नेपाली र सदस्यहरुमा शशीकुमार श्रेष्ठ, उदयराज आचार्य, पवित्रा नेपाली, लक्ष्मण श्रेष्ठ र सुदीप अर्याल चयन भएका छन् ।
यस्तै जिल्ला प्रतिनिधिमा रन्जित आले, दीपक श्रेष्ठ, जयकाली वाग्ले खनाल, फणिन्द्र घिमिरे चयन भएका छन् ।