शुक्लागण्डकी साईकल क्लब गठन, त्रिलोचन लम्सालको संयोजकत्वमा १७ सदस्यीय तदर्थ समिति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    शुक्लागण्डकी साईकल क्लब गठन, त्रिलोचन लम्सालको संयोजकत्वमा १७ सदस्यीय तदर्थ समिति

    खबरपुञ्ज संवाददाता

    १९ जेष्ठ २०८३, बुधबार

    दमौली, २० जेठ । शुक्लागण्डकी नगरपालिकामा साईकल संस्कृतिको विकास, स्वस्थ जीवनशैलीको प्रवर्द्धन, वातावरण संरक्षण तथा राष्ट्रलाई सकारात्मक योगदान पुर्‍याउने उद्देश्यसहित शुक्लागण्डकी साईकल क्लब गठन गरिएको छ।

    विश्व साईकल दिवस २०२६ को अवसरमा नगरभरिका साईकलप्रेमीहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न भेलाले त्रिलोचन लम्सालको संयोजकत्वमा १७ सदस्यीय तदर्थ समिति गठन गरेको हो।

    गठित समितिको उपाध्यक्षमा ज्योति कुमार श्रेष्ठ, सचिवमा तारानाथ अधिकारी तथा कोषाध्यक्षमा सुरक्षा पौडेल चयन भएका छन्। सदस्यहरूमा होमबहादुर गुरुङ, सुमन सापकोटा, सुजन कुमार श्रेष्ठ, लक्ष्मण महत, अशोक पौडेल, अमृत घिमिरे, मानबहादुर परियार, देविभक्त राना, ईश्वर श्रेष्ठ, सफल पौडेल र तुलबहादुर क्षेत्री रहेका छन्। त्यसैगरी क्लबका सल्लाहकारमा घनश्याम पौडेल र महेन्द्र पौडेल चयन भएका छन्।

    नवनिर्वाचित संयोजक त्रिलोचन लम्सालले शुक्लागण्डकीमा साईकललाई स्वास्थ्य, खेलकुद, पर्यटन र वातावरण संरक्षणसँग जोडेर अभियानका रूपमा अघि बढाइने बताए।