अवैध नदिजन्य पदार्थ ओसारपसारमा संलग्न ५ सवारी साधन नियन्त्रणमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अवैध नदिजन्य पदार्थ ओसारपसारमा संलग्न ५ सवारी साधन नियन्त्रणमा

    खबरपुञ्ज संवाददाता

    २२ जेष्ठ २०८३, शनिबार

    दमौली, २३ जेठ । जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा अवैध रूपमा नदिजन्य पदार्थ ओसारपसार गर्दै गरेका पॉच वटा सवारी साधन नियन्त्रणमा लिएको छ।

    शुक्लागण्डकी नगरपालिका–२ स्थित सुरौंदीघाट र वडा नं. ७ स्थित दोभान क्षेत्र तथा खैरेनीटारबाट शुक्रबार कानुनी कागजातबिना नदिजन्य पदार्थ ढुवानी गर्दै गरेका सवारी साधनहरू नियन्त्रणमा लिइएका हुन्।

    नियन्त्रणमा लिइएका सवारी साधनहरूलाई आवश्यक कारबाहीका लागि मिति शुक्लागण्डकी नगरपालिकामा पठाइएकामा प्रत्येक सवारी साधनलाई रु १२ हजारका दरले रु ६० हजार जरिवाना गरी छाडिएको प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले बताए ।