फेसबुक डाउन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    फेसबुक डाउन

    खबरपुञ्ज संवाददाता

    २८ जेष्ठ २०८३, शुक्रबार

    काठमाडौ, २९ जेठ । विश्वकै सबभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुक (मेटा) मा शुक्रबार साँझ प्राविधिक समस्या देखिएको छ।

    काठमाडौं उपत्यकासहित नेपालभरका प्रयोगकर्ताहरूले फेसबुक लगइन गर्न, तस्बिर तथा भिडियो लोड गर्न र म्यासेज पठाउन समस्या भइरहेको गुनासो गरेका छन्।

    नेपालमा मात्र नभई यो समस्या विश्वका अन्य धेरै देशहरूमा पनि एकैसाथ देखिएको छ।

    अहिले फेसबुकमा तीनवटा समस्या देखिएका छन् —

    अकाउन्ट नखुल्ने- धेरैजसो प्रयोगकर्ताको स्क्रिनमा ‘Account Temporarily Unavailable’ (अकाउन्ट अस्थायी रूपमा उपलब्ध छैन) भन्ने सन्देश देखा परेको छ।

    फिड लोड नहुने- मोबाइल एप र डेस्कटप दुवै संस्करणमा नयाँ पोस्टहरू लोड नहुने वा ‘ब्ल्याक स्क्रिन’ मात्र देखिने समस्या आएको छ।

    मेसेन्जरमा अवरोध- फेसबुक म्यासेन्जरमा पनि म्यासेज आउने-जाने क्रम रोकिएको छ।