


दमौली, २० असार । लियो क्लब अफ तनहुँ निर्मल अल्फाको अध्यक्षमा लियो अञ्जली विक चयन भएकी छन् ।
क्लबको वार्षिक साधारण सभामा भएको निर्वाचनमा उनी वर्ष २०२६/२७ का लागि अध्यक्ष चुनिएकी हुन् ।
उनले भनिन्, “क्लबलाई थप सक्रिय बनाउने र सामाजिक सेवाका कामलाई प्राथमिकता दिनेछु ।”
लायन्स इन्टरनेसनल ३२५ एल नेपालका प्रमुख सल्लाहकार कृष्णहरि गैरेले लियो निर्मल अल्फाले विद्यालयस्तरमा सेवाको भावना विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने र नेतृत्व विकासमा भूमिका खेल्ने बताए ।
क्लबका निर्वतमान अध्यक्ष सुरज आलेको अध्यक्षतामा आयोजित कार्यक्रममा लियो क्लव अफ तनहुँका अध्यक्ष मुकेश बिडारी ,लियो क्लव अफ तनहुँका उपाध्यक्ष विमल अधिकारी ,सहसचिव पविना न्यौपाने,सहकोषाध्यक्ष विमल श्रेष्ठको उपस्थिति रहेको थियो।