बालेनलाई गाली गरेको आरोपमा पक्राउ परेका युट्युबर पुर्पक्षका लागि थुनामा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बालेनलाई गाली गरेको आरोपमा पक्राउ परेका युट्युबर पुर्पक्षका लागि थुनामा

    खबरपुञ्ज संवाददाता

    २२ असार २०८३, मंगलवार

    काठमाडाै २३ असार । प्रधानमन्त्री बालेन शाहलाई अपमानजनक शब्द बोलेका युट्युबर रोशन पोखरेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको खुलेको छ। पोखरेलले युट्युबमा भिडिओ हाल्दा प्रधानमन्त्री शाह सहित विभिन्न नेताहरूमाथि गालीगलौज र अपमानजनक शब्दहरू बोलेपछि प्रहरीले पाँचथर प्रहरीले चैत २७ गते पक्राउ गरेको थियो।

    उनी पक्राउ परेपछि सरकारको आलोचना समेत भएको थियो। त्यसपछि प्रहरीले चैत २९ गते हजुरआमा र काकाको जिम्मामा उनलाई छाडिएको थियो। हाजिर जमानीमा राखिएका उनीविरूद्ध प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत पाँचथरमा विद्युतीय कारोबार ऐन, २०६३ कसुरमा मुद्दा दर्ता गरेको थियो।

    उक्त मुद्दामा असार १८ गते न्यायाधीश कुमार मास्केको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको स्रेस्तेदार राजकुमार निरौलाले जानकारी दिए। हेड्स नामको युट्युब च्यानलमार्फत भिडिओ सार्वजनिक गरेको दुई महिनापछि उनी पक्राउ परेका थिए। उनी आदेशसँगै पुर्पक्षका लागि कारागारमा छन्।