


दमौली, १ साउन । बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले संयुक्त रूपमा सञ्चालन गरेको सडक सुरक्षा सचेतना अभियानअन्तर्गत तनहुँ जिल्ला प्रवेश गर्ने भारतीय सवारी साधनका चालकहरूलाई सडकको अवस्था, गति नियन्त्रण, मौसमको प्रभाव तथा सुरक्षित यात्रासम्बन्धी जानकारी प्रदान गरिएको छ।
आषाढ १४ गतेदेखि आषाढ ३२ गतेसम्म प्रत्येक दिन बिहान ६:०० बजेदेखि बेलुका ६:०० बजेसम्म जिल्लाका ३८ स्थानमा सञ्चालन गरिएको उक्त अभियानमा कुल ३,१४८ वटा भारतीय सवारी साधनका चालकलाई सचेतनामूलक जानकारी प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
प्रहरीका अनुसार यस्तो अभियानले चालकहरूलाई सुरक्षित र जिम्मेवार ढंगले सवारी सञ्चालन गर्न प्रेरित गर्नुका साथै सडक दुर्घटना न्यूनीकरणमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।