मुक्तिनाथ–च्यवनधाममा शिव महिमा बोलबम धार्मिक महोत्सव हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मुक्तिनाथ–च्यवनधाममा शिव महिमा बोलबम धार्मिक महोत्सव हुने

    खबरपुञ्ज संवाददाता

    १ श्रावण २०८३, शनिबार

    दमौली, २ साउन । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ स्थित मुक्तिनाथ–च्यवनधाम, गाछेपानीमा आगामी भदौ १ देखि ८ गतेसम्म सञ्चालन हुने शिव महिमा बोलबम धार्मिक महोत्सव–२०८३ को तयारीलाई तीव्र पारिएको छ। महोत्सवलाई सभ्य, भव्य तथा व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले शनिबार सम्पन्न तयारी भेलाले ठाकुरप्रसाद शास्त्रीको संयोजकत्वमा मूल समारोह समिति तथा विभिन्न २५ उपसमिति गठन गरेको हो।

    मूल समारोह समितिको उपसंयोजकमा होमनाथ लम्साल र पार्वती पौडेल चयन भएका छन्। साथै शुक्लागण्डकी नगरपालिकाकी कार्यपालिका सदस्य रीता नेपाली जनप्रतिनिधिको तर्फबाट मूल समारोह समितिको सदस्यमा चयन भएकी छन्।

    भेलाले आर्थिक व्यवस्थापन उपसमितिको संयोजकमा शिव गर्तौला, प्रचार–प्रसार उपसमितिमा हरि खरेल, भान्सा व्यवस्थापन उपसमितिमा ऋषिराम पौडेल, मञ्च व्यवस्थापन उपसमितिमा शंकर पन्त, अन्तर्राष्ट्रिय सम्पर्क उपसमितिमा विनोद वाग्ले र सुरेन्द्र पौडेल, स्थानीय भजन–कीर्तन उपसमितिमा भुलभुले वराही भजन समूह, युवा परिचालन उपसमितिमा पुष्पराज समकोटा, अतिथि सत्कार उपसमितिमा गाछेपानी आमा समूह, यातायात व्यवस्थापन उपसमितिमा मंगलबहादुर भुजेल, सामाजिक संस्था समन्वय उपसमितिमा सुमन सापकोटा, ज्येष्ठ नागरिक समन्वय उपसमितिमा पूर्णबहादुर भण्डारी, व्यवसायी समन्वय उपसमितिमा विनोद ढुङ्गाना, पूजा व्यवस्थापन उपसमितिमा तुलसी ढुङ्गाना, झाँकी व्यवस्थापन उपसमितिमा प्रशुराम सापकोटा, तुलादान व्यवस्थापन उपसमितिमा टिकाराम लम्साल, आगन्तुक व्यवस्थापन उपसमितिमा सन्तु ढुङ्गाना, सहकारी तथा वित्तीय व्यवस्थापन उपसमितिमा रामजी पौडेल, दानवीर अभिलेख उपसमितिमा बालकृष्ण लम्साल, सरसफाइ उपसमितिमा विष्णु लम्साल, साउण्ड सिस्टम व्यवस्थापन उपसमितिमा देवेन्द्र ढुङ्गाना, विशिष्ट व्यक्ति आगमन सूचना उपसमितिमा त्रिलोचन लम्साल, विद्युत उपसमितिमा नारायण पौडेल, वाचक समन्वय उपसमितिमा सुष्मदेवी खत्री, कानुनी सल्लाहकार उपसमितिमा चेतनारायण पौडेल तथा स्वास्थ्य तथा आपतकालीन सेवा समितिको जिम्मेवारी तनहुँ सेवा हस्पिटललाई प्रदान गरेको छ।

    कलश यात्रा उपसमितिको जिम्मेवारी नवज्योति आमा समूह, गाछेपानीलाई, गौ संरक्षण तथा सुसार उपसमितिको संयोजकमा ऋतु भुँवाई तथा बोलबम परिचालन उपसमितिसमेत गठन गरिएको आयोजकले जनाएको छ।

    महोत्सवका अवसरमा प्रसिद्ध प्रवचक विदुषी आचल बस्सेलबाट दैनिक धार्मिक प्रवचन हुनेछ। साथै बोलबम यात्रा, कलश यात्रा, शिवपूजन, रुद्राभिषेक, भजन–कीर्तन, झाँकी प्रदर्शन, तुलादान तथा विविध धार्मिक एवं सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछन्।