


दमौली, २ साउन । देवघाट गाउँपालिका–५ अन्तर्गत पर्ने देउपुरबाट साढेबगर जाने मुख्य सडक वर्षाका कारण भासिएर जोखिमपूर्ण बनेको छ। सडकको केही भाग कमजोर भएकाले यस मार्ग हुँदै आवतजावत गर्ने सबै यात्रु तथा सवारी चालकलाई उच्च सतर्कता अपनाई यात्रा गर्न वडा कार्यालयले अनुरोध गरेको छ।
वडा अध्यक्ष पूर्णबहादुर कुँवरले सडकको अवस्थालाई तत्काल अनुगमन गरी आवश्यक मर्मत तथा जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्न निर्माणकर्ता ठेकेदार र सम्बन्धित पूर्वाधार विकास कार्यालय, दमौलीलाई आग्रह गरेका छन्। उनले सडक पूर्ण रूपमा सुरक्षित नभएसम्म विशेष सावधानी अपनाउन सबैमा अनुरोध गरेका छन् ।