तनहुँमा भारी वर्षाको पूर्वानुमान, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा भारी वर्षाको पूर्वानुमान, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

    खबरपुञ्ज संवाददाता

    १ श्रावण २०८३, शनिबार

    दमौली, २ साउन । जिल्ला प्रशासन कार्यालय तनहुँले साउन २ र ३ गते गण्डकी प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।

    प्रशासनले बाढी, पहिरो, डुबान, भू–क्षय तथा सडक यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकाले अत्यावश्यक कामबाहेक रातिको समयमा तथा टाढाको यात्रा नगर्न अनुरोध गरेको छ। साथै बाढी–पहिरोको उच्च जोखिम भएका क्षेत्रमा विशेष सावधानी अपनाउन, जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा सर्न र विपद् पूर्वतयारीमा संलग्न निकायलाई सम्बन्धित समितिसँग समन्वय गरी तयारी अवस्थामा रहन आग्रह गरिएको छ।

    विपद् सम्बन्धी सूचना वा उद्धार–सहयोग आवश्यक परे प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी (१००) वा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र १२३४ मा सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।