


दमौली, २ साउन । ऑबुखैरेनी गाउँपालिका-३ तल्लो बजारबाट जुवातास खेलिरहेको अवस्थामा १० जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३६ हजार २ सय ६५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । पक्राउ परेकालाई दमौली ल्याइएको छ ।