धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अपिल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अपिल

    खबरपुञ्ज संवाददाता

    ११ श्रावण २०८३, मंगलवार

    काठमाडौ, १२ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुनसरीमा भएको घटनालाई लक्षित गरी धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्न सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा अपिल गरेका छन् ।

    उनले कुनै पनि प्रकारका उत्तेजनात्मक गतिविधि, भ्रामक सूचना तथा साम्प्रदायिक सद्भाव खल्बल्याउने प्रयासबाट टाढा रहन सबैलाई आग्रह गरेका छन् । संयम, विवेक र आपसी सम्मानका साथ सामाजिक सद्भाव कायम राख्न सबै पक्षको सक्रिय सहयोग आवश्यक रहेको उनले उल्लेख गरेका छन् ।

    डा. वाग्लेले शान्ति, सहिष्णुता र पारस्परिक सम्मान नै समाजको बलियो आधार भएकाले सबै नागरिकलाई जिम्मेवार र सचेत भएर सामाजिक एकता सुदृढ बनाउन योगदान गर्न आग्रह गरेका छन् ।