


पाेखरा, १४ साउन । पर्यटक तथा यात्रुहरूलाई दुःख हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा ८ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका-६ लेकसाईड एरिया तथा सोही महानगरपालिका-१७ बिरौटा एरियाहरूमा आन्तरिक तथा बाह्य पर्यटकहरू र यात्रुहरूलाई आकर्षक र सस्तोमा होटल मिलाइदिने भनी अनावश्यक दुःख हैरानी दिइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न ५ जनालाई पोखरा महानगरपालिका-१७ बिरौटाबाट र ३ जनालाई सोही महानगरपालिका-६ हल्लनचोकबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।