अझै भेटिएनन् पहिरामा बेपत्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • फिचर

    अझै भेटिएनन् पहिरामा बेपत्ता

    खबरपुञ्ज संवाददाता

    १ श्रावण २०७७, शुक्रबार

    कृष्ण न्याैपाने
    दमाैली/तनहुँको व्यास नगरपालिका–९ माझफाँटमा पहिराले पुरिएर बेपत्ता भएका एक युवक दुई दिन बित्दा पनि फेला पर्न सकेका छैनन् । पहिराले पुरिएर एकै परिवारका चार जना बेपत्ता भएकामा तीन जनाको शव सोमबार नै फेला परिसकेको छ ।

    पहिराले बेपत्ता भएका २० वर्षीय राजेश थापाको सोमबारदेखि नै खोजी कार्य जारी राखिएपनि आजसम्म पनि उनलाई फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अरुण पौडेलले जानकारी दिनुभयो ।

    बेपत्ता भएकाको खोजीकार्यका लागि व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (इ) का सह सेनानीका नेतृत्वमा सेना परिचालित छ । सेनाको टोलीले घर भन्दा तलपट्टिको क्षेत्रमा बेपत्ता भएका थापालाई खोज्ने काम गरिरहेको छ ।

    प्रहरी उपरिक्षक पौडेलका अनुसार बेपत्ता भएकाको खोजीकार्यका लागि स्काभेटर पनि प्रयोग गरिएको छ । “बेपत्ता भएकाको खोजीकार्यका लागि निरन्तर लागिपरेका छौ, तैपनि उनलाई फेला पार्न सकिएको छैन,” पौडेलले भन्नुभयो ।

    पहिराले पुरिएर उनकै आमा ४० वर्षीया कमला थापा, दाजु २४ वर्षीय मनोज थापा र भाउजु २१ वर्षीया अन्जना थापाको निधन भएको थियो । बुबा ५० वर्षीय केशव थापा भने घाइते छन् । उनको पोखरामा उपचार भइरहेको छ । पहिराले पुरिएर तनहुँको ऋषिङ गाउँपालिका, म्याग्दे गाउँपालिका र व्यास नगरपालिकाका एघार जनाको मृत्यु भएको छ भने तीन जना घाइते छन् ।