देवघाट गाउँपालिकाको बजेट पारित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देवघाट

    देवघाट गाउँपालिकाको बजेट पारित

    खबरपुञ्ज संवाददाता

    ३ श्रावण २०७७, शनिबार

    तनहुँ/तनहुँको देवघाट गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७७÷७८ को लागि प्रस्तुत बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ । असार १० गते गाउँसभामा प्रस्तुत गरिएको बजेट, नीति तथा कार्यक्रम छलफलपछि पारित भएको गाउँपालिकाले जनाएको छ ।

    गाउँपालिकाले कृषि, जनस्वास्थ्य, पर्यटन, पूर्वाधार विकास र वातावरण तथा विपद् व्यवस्थापनलाई प्राथमिकता राखेर रु ४० करोड ७५ लाख ५८ हजारको बजेट सार्वजनिक गरेको थियो । ‘हाम्रो देवघाट समृद्ध देवघाट’ भन्ने नारालाई सार्थक बनाउने मुख्य मेरुदण्डको रुपमा आर्थिक विकासलाई लिई कृषि, पशु स्वास्थ्य, उद्योग, पर्यनट, सहकारी तथा पूर्वाधार विकासलाई देवघाट गाउँपालिकाले मुख्य नीति तय गरेको छ ।

    गाउँसभामा वडा नं ३ का वडाध्यक्ष कृतिमान आलेले चालु आर्थिक वर्षको कार्यक्रम संशोधन र स्रोतान्तर प्रस्ताव, वडा नं ४ का अध्यक्ष पदमबहादुर गुरुङले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, वडा नं ५ का सदस्य भोजराज नैनाबस्तीले सार्वजनिक खरिद नियमावली, वडा नं १ का अध्यक्ष भीमबहादुर गुरुङले वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र वडा नं २ का अध्यक्ष पोलबहादुर आलेले सङ्गठन व्यवस्थापन तथा कर्मचारी दरबन्दी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सबै प्रस्तावहरु पनि छलफलपछि पारित भएको गाउँपालिकाले जनाएको छ ।

    गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाका अनुसार गाउँपालिकाले चालु खर्च तर्फ सशर्त अनुदान रु १७ करोड ५० लाख र सङ्घीय समपुरक अनुदान रु एक करोड ६४ लाख समेत गरि चालु खर्चको लागि रु ३२ करोड ३ लाख ६० हजार विनियोजन गरेको छ ।

    पँुजीगतखर्च तर्फ भवन निर्माण, साउने कर्ताप, सिन्च्याङ–सर्वाङ सडक लगायतका योजना कार्यान्वयनका लागि रु आठ करोड ७१ लाख ९८ हजार, कृषि, पशु स्वास्थ्य, उद्योग, पर्यटन र सहकारीको विकासका लागि रु पाँच करोड तीन लाख ५० हजार विनियोजन गरिएको छ ।