तनहुँ/३८ औं बिपी स्मृति दिवसको अवसरमा नेपाल विद्यार्थी सङ्घ व्यास नगरपालिका र आदिकवि भानुभक्त क्याम्पस इकाईले मङ्गलबार विभिन्न आइसोलेशन तथा क्वारेन्टिनमा सामग्री प्रदान गरेको छ ।
व्यास नगरपालिकास्थित आदिकवि भानुभक्त क्याम्पस, निर्मल माध्यमिक विद्यालय र ऋषिङ गाउँपालिकास्थित शुक्ला आधारभूत विद्यालयलाई मास्क, स्यानीटाइजर, पञ्जा, पानी लगायतका सामग्री प्रदान गरिएको नेपाल विद्यार्थी सङ्घ व्यास नगर समितिका संयोजक सुनिल मिश्रले जानकारी दिनुभयाे । उहाँका अनुसार आइसोलेशन तथा क्वारेन्टिन भएका विद्यालयलाई करीब रु ३० हजार मूल्य बराबरका सामग्री हस्तान्तरण गरिएको छ ।