काठमाडाै/काेभिड-१९ काे सङ्क्रमण न्यूनीकरणका लागि सरकारले चैत ११ गतेदेखि लागू गरिएकाे बन्दाबन्दी (लकडाउन) भाेलि (साउन ७) गतेदेखि अन्त्य भएकाे घाेषणा गरेकाे छ । मन्त्रीपरिषद्काे साेमबार बसेकाे बैठकले करीब चार महीनादेखि जारी रहेकाे बन्दाबन्दी अन्त्य गर्ने निर्णय गरेकाे हाे ।
बुधबार आयाेजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले मङ्गलबार राति १२ बजेदेखि बन्दाबन्दी हटाइएकाे जानकारी दिनुभयाे । बन्दाबन्दी हटेपनि केही व्यवस्था भने यथावत रहेकाे डा. खतिवडाले बताउनुभयाे । सरकारकाे निर्णयपछि नीजि सवारी साधानमा लागू गरिएको जोर विजोर प्रणाली हटेकाे छ भने सरकारी कार्यालय दुई सिफ्टमा चलाउने निर्णय पनि खारेज भएको छ । अब कार्यालयहरु विहान १० बजेदेखि ५ बजेसम्म खुल्लेनछन् ।
आन्तरिक तथा अन्तराष्ट्रिय हवाई उडान तथा मध्यम र लामो दूरीका अन्तरजिल्ला यातायात सेवा भने भदाै १ गतेबाट सञ्चालनमा आउने सरकारले जनाएकाे छ । सरकारकाे निर्णय बमाेजिम शैक्षिक संस्था, सभा गोष्ठी, प्रदर्शन भेला र सम्मेलन, सिनेमा हल, डान्स बारलगायतका मनोरञ्जन स्थल, सैलुन, व्यूटी पार्लर, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, धार्मिक स्थलहरु, पुस्तकालय, संग्राहलयहरु र चिडिया खाना भने केही समय बन्द रहनेछ ।