काेराेना सङ्क्रमित वृद्धकाे मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • प्रदेश १

    काेराेना सङ्क्रमित वृद्धकाे मृत्यु

    खबरपुञ्ज संवाददाता

    ७ श्रावण २०७७, बुधबार

    विराटनगर/ काेराेना सङ्क्रमण भएर बीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक वृद्धकाे मङ्गलबार राति निधन भएकाे छ । मृत्यु हुनेमा महाेत्तरीका ६० वर्षीय पुरुष रहेकाे अस्पतालले जनाएकाे छ । गम्भीर अवस्थामा अस्पतालमा भर्ना हुनुभएका उहाँकाे काेराेना रिपाेर्ट पाेजिटिभ आएकाे तीन दिनपछि मृत्यु भएकाे हाे ।

    योसँगै प्रतिष्ठानमा उपचारका लागि आएका दोस्रो कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यसअघि सप्तरीको राजविराजका एक जनाको पनि मृत्यु भएको थियो । याेसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४१ पुगेको छ ।