पुष्पलाल स्मृति दिवसमा वृक्षारोपण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देवघाट

    पुष्पलाल स्मृति दिवसमा वृक्षारोपण

    खबरपुञ्ज संवाददाता

    ७ श्रावण २०७७, बुधबार

    तनहुँ/४२ औ पुष्पलाल स्मृति दिवसको अवसरमा बुधबार देवघाटमा वृक्षारोपण गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) देवघाटले पुष्पलालको स्मृतिमा वृक्षारोपण गरेको हो ।

    देवघाट क्षेत्र विकास समितिको अगाडीको गलेश्वर मार्ग, धर्मार्थ अस्पताल वरपर करीब ३ सय बिरुवा रोपिएको गाउँ कमिटी सचिव केशवचन्द्र न्यौपानेले जानकारी दिनुभयो । सो अवसरमा ऑप, कागती, कपुर लगायतका बिरुवा रोपिएको छ ।

    कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापा, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेल,देवघाट गाउँपालिका-५ का वडाध्यक्ष यालबहादुर गुरुङ लगायत सहभागी हुनुहुन्थ्यो ।

    पुष्पलालको स्मृति दिवसमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जिल्लाका सबै स्थानीय तहमा विविध कार्यक्रमको आयोजना गरेको छ ।