बोलबम मेलामा नआउन पुन: आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देवघाट

    बोलबम मेलामा नआउन पुन: आग्रह

    खबरपुञ्ज संवाददाता

    ९ श्रावण २०७७, शुक्रबार

    तनहुँ/देवघाट क्षेत्र विकास समितिले बोलबम मेला भर्न नआउन भक्तजनलाई पुन: आग्रह गरेको छ । कोभिड-१९ को जोखिम कायमै रहेका बेला पनि देवघाटमा बोलबम मेला भर्न भक्तजन आउन थालेपछि समितिले अहिलेको अवस्थामा मेला भर्न नआउन आग्रह गरेको हो ।

    समितिका अध्यक्ष शिवराज पौडेलको अध्यक्षतामा शुक्रबार बसेको सर्वपक्षीय बैठकले विषम् परिस्थतिमा मेला पर्वमा सहभागी नहुन, भीडभाड नगर्न र मेला भर्ने उदेश्यले सहभागी नहुन आग्रह गरेको छ ।

    अत्याधिक भीडभाड हुँदा कोरोना भाइरसको जोखिम रहने भएकाले यस्तो आग्रह गर्नुपरेको समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले जानकारी दिनुभयो । उहॉका अनुसार प्रत्येक महीनाको सोमबार देवघाटमा बोलबम मेला भर्न हजारौ सङ्ख्यामा भक्तजन आउने गर्दछन् । बोलबम मेला भर्न आइतबारदेखि नै देवघाटमा भक्तजनको आगमन हुने गरेको थियो ।

    “अहिलेको अवस्थामा दर्शन र स्नान गर्न नआउन आग्रह गर्दा पनि साउनको पहिलो सोमबार उल्लेख्य मात्रामा भक्तजन आउनुभयो,” घिमिरेले भन्नुभयो ।