देवघाटको वार्षिक समिक्षा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देवघाट

    देवघाटको वार्षिक समिक्षा

    खबरपुञ्ज संवाददाता

    १३ श्रावण २०७७, मंगलवार

    तनहुँ/ तनहुँको देवघाट गाउँपालिकाले एक वर्षको अवधिमा सम्पन्न भएका कार्यहरुको समिक्षा गरेको छ । आर्थिक वर्ष ०७६/७७ मा सम्पन्न कार्यको गाउँपालिकाले समिक्षा गरेको हो ।

    गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले गाउँपालिकाले पारित गरेका योजना तथा कार्यक्रमलाई सफल बनाउन सबै जनप्रतिनिधि र कर्मचारीहरु लाग्नुपर्नेमा जोड दिनुभयो । देवघाटलाई समृद्ध बनाउन सबैको सहयोग आवश्यक हुने भन्दै गाउँसभाले पारित गरेको लक्ष्य र उद्देश्य अनुरुप योजना बनाई कार्यान्वयन गरिने उहॉले बताउनुभयो ।

    प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले गाउँसभाले पारित गरेका नीति र कार्यक्रम अनुसार नै कार्यक्रमहरुको कार्यान्वयन भईरहेको बताउनुभयो ।

    सो अवसरमा गत आर्थिक वर्षमा सञ्चाल्त योजनाहरु, कार्यक्रमहरु, प्रधानमन्त्री रोजगार कार्यक्रम, युवा स्वरोजगार कार्यक्रम, महिला तथा बालबालिका, शिक्षा तथा स्वास्थ्य, उद्योग तथा विभिन्न सङ्घ संस्था, खानेपानी तथा सरसफाई, कोरोना जोखिम नियन्त्रण, बन्दाबन्दी कार्यान्वयन, राहत वितरण, क्वारेन्टिन निर्माण लगायतको समिक्षा गरिएको थियो ।