तनहुँका आइसाेलेशनमा अब १८ जना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका आइसाेलेशनमा अब १८ जना

    खबरपुञ्ज संवाददाता

    १४ श्रावण २०७७, बिहीबार

    तनहुँ । तनहुँमा ८९ प्रतिशत काेराेना सङ्क्रमित उपचार पछि घर फर्किएका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा उपचाररत १ सय ७६ जनामध्ये बुधबारसम्म १ सय ५८ जना निकाे भएर घर फर्किएका छन् । तनहुँमा गत जेठ १८ गते ऋषिङका एक युवामा पहिलाे पटक काेराेना पुष्टि भएकाे थियाे ।

    जिल्ला स्वास्थ्य कार्यालय तनहुँका अनुसार अब जिल्लामा १८ जना काेराेना सङ्क्रमित उपचार छन् । जिपी काेइराला श्वासप्रश्वास उपचार केन्द्रमा १३ र बन्दीपुर अस्पतालमा ५ जना काेराेना सङ्क्रमितकाे उपचार भइरहेकाे छ ।

    स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीका अनुसार व्यास नगरपालिकास्थित आदिकवि भानुभक्त क्याम्पसबाट ५२, दमाैली अस्पतालबाट १३, शुक्लागण्डकी नगरपालिकास्थित जिपी काेइराला श्वासप्रश्वास उपचार केन्द्रबाट ६०, भीमादस्थित सिटिइभिटीबाट १३, बन्दीपुर अस्पतालबाट १८ र आँबुखैरेनीका एक जना पाेखरा र एक जना हाेम आइसाेलेशनबाट निकाे भएका छन् ।

    जिल्लाकाे भानु नगरपालिकाका ११, व्यास नगरपालिकाका २५, शुक्लागण्डकी नगरपालिकाका १३, भीमाद नगरपालिकाका १२, म्याग्दे गाउँपालिकाका १२, घिरिङ गाउँपालिकाका २८, ऋषिङ गाउँपालिकाका ४५, देवघाट गाउँपालिकाका १, बन्दीपुर गाउँपालिकाका २३, आँबुखैरेनी गाउँपालिकाका ५ जना र जिपी काेइराला श्वासप्रश्वास उपचार केन्द्रका एक जनालाई काेराेना पुष्टि भएकाे थियाे ।