तनहुँ । तनहुँमा तीन जना कोरोना सङ्क्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षण अनुसार बिहीबार तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
व्यास नगरपालिकाका दुई र ऋषिङ गाउँपालिकाका एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो । व्यास नगरपालिकाका १७, २४ र ऋषिङ गाउँपालिकाका ३९ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीन जना थपिएसँगै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या १ सय ७९ पुगेको छ भने १ सय ५८ जना निको भएर घर फर्किसकेका छन् ।