जबरजस्ती करणीको आरोपमा समातिए तनहुँका तीन युवा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • फिचर

    जबरजस्ती करणीको आरोपमा समातिए तनहुँका तीन युवा

    खबरपुञ्ज संवाददाता

    १७ श्रावण २०७७, आईतवार

    तनहुँ । रौतहटको विजयपुर नगरपालिकामा एक युवतीमाथि सामूहिक बलात्कारको आरोपमा तनहुँका तीन युवा पक्राउ परेका छन् ।बाराको पथलैयामा अलपत्र २१ वर्षीया  युवतीलाई घर लगिदिने बहानामा ट्रकभित्रै सामूहिक बलात्कार गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

    पक्राउ पर्नेमा ट्रक चालक व्यास नगरपालिका-१ का वर्ष २९ का विष्णु प्रसाद रानाभाट, सोही ठाउँका सहचालकद्वय वर्ष १८ का विनोद रानाभाट र १९ वर्षका केशर मगर रहेको प्रहरीले जनाएको छ । फतुवा विजयपुर नगरपालिकाको सितलपुर बैरगनिया चोकमा ना२ख ६७४६ नम्बरको ट्रकमा बलात्कार भएको सूचना प्रहरीले पाएपछि घटनास्थलबाटै उनीहरुलाई समातेको हो । 
    इलाका प्रहरी कार्यालय विजयपुरका प्रहरी निरीक्षक चन्द्रकिशोर साहका अनुसार बिहीबार राति गाडीभित्रै बलात्कार गर्ने क्रममा तीनै जनाबीच विवाद उत्पन्न भएर हल्ला भएको र युवती चिच्याएपछि स्थानीयले थाहा पाएर प्रहरीमा खबर गरेका थिए।

    पीडित युवतीलाई महिला तथा बालबालिका सेवा केन्द्र गरुडामा राखिएको छ । शुक्रबार साँझ उनको स्वास्थ परीक्षण गरी आरोपी तीनै जना उपर जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ। ट्रकसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।