आँबुखैरेनीका एक कर्मचारीमा काेराेना, सेवा बन्द
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीका एक कर्मचारीमा काेराेना, सेवा बन्द

    खबरपुञ्ज संवाददाता

    १८ श्रावण २०७७, आईतवार

    तनहुँ । तनहुँकाे आँबुखैरेनी गाउँपालिकाका एक कर्मचारीमा काेराेना पुष्टि भएकाे छ । पाेखरामा गरिएकाे परीक्षणमा गाउँपालिकाका एक उच्च तहकाे कर्मचारीमा काेराेना पुष्टि भएकाे हाे ।

    साउन १४ गते स्वाब सङ्कलन गरी परीक्षण गरिएका उहाँकाे काेराेना रिपाेर्ट पाेजिटिभ आएकाे गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिनुभयाे । गाउँपालिकाले ९ जनाकाे स्वाब परीक्षणाका लागि पठाएकाे थियाे । तीमध्य ८ जनाकाे रिपाेर्ट भने नेगेटिभ आएकाे उपाध्यायले बताउनुभयाे ।

    गाउँपालिका र वडा कार्यालय बन्द

    कर्मचारीमा कोरोना पुष्टि भएपछि सम्पूर्ण सेवा बन्द गरिएको छ । आइतबार बसेको गाउँकार्यपालिकाको आकस्मिक बैठकले आजदेखि २० गतेसम्मका लागि गाउँपालिकाको कार्यालय तथा वडा कार्यालयबाट प्रदान हुने सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको हो ।

    कोभिड–१९ सङ्क्रमणको असहज परिस्थितिलाई न्यूनीकरणका लागि कार्यालय परिसर जोखिम क्षेत्रमा देखिएको हुँदा उक्त निर्णय गरिएको प्रवक्ता कटकबहादुर थापाले जानकारी दिनुभयो ।