तनहुँ । मास्क प्रयोग नगरी हिँडडुल गर्नेलाई प्रहरीले धमाधम कारवाही गरेको छ । कोभिड–१९ को जोखिम कायम रहेको बेला मास्क प्रयोग नगनरी हिँड्ने तथा सवारी चलाउने व्यक्तिहरुलाई प्रहरीले कारवाही गरेको हो ।
उक्त अभियान अन्तर्गत शुक्रबार ९८ जनालाई रु एक सयका दरले जरीवाना गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।
कोरोना भाइरस विरुद्धको जनचेतना फैलाउँदै रोकथाम र नियन्त्रणका लागि सरकारको निर्देशन बमोजिम जिल्लावासीमा सचेतना फैलाइएपनि कतिपयले यसको अटेरी गर्दै आएका छन् ।