२४ घण्टामा विश्वमा ५ हजार २३२ कोरोना संक्रमितको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    २४ घण्टामा विश्वमा ५ हजार २३२ कोरोना संक्रमितको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १ भाद्र २०७७, सोमबार

    काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ५ हजार २३२ कोरोना संक्रमितको मृत्यु भएको छ । यो अघिल्लो २४ घण्टाको भन्दा किनै धेरै कम हो । 

    अघिल्लो २४ घण्टामा ९ हजार ९८५ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । 

    विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ७ लाख ६१ हजार १८ जनाको ज्यान गइसकेको छ । 

    संक्रमितको संख्या २ करोड १२ लाख ६० हजार ७६०  पुगेको छ ।