पाेखरा । मङ्लबार राति १२ बजेदेखि लागु हेन गरी पोखरा महानगरपालिकामा निषेधाज्ञा लागू हुने भएको छ । जिल्ला विपद व्यवस्थापन केन्द्रको निर्णय अनुसार पाँच दिनका लागि निषेधाज्ञा जारी भएको हो ।
निषेधाज्ञामा अत्यावश्यक सवारीसाधन बाहेक केही पनि सञ्चालन हुनेछैन । मानिसहरु घरबाहिर हिडडुल गर्नसमेत निषेध गरिएको छ । पोखरा महानगरपालिकामा कोरोना भाइरसको संक्रमण बढेसँगै यस्तो निर्णय भएको हो ।