देवघाट क्षेत्र विकास समितिका अध्यक्ष कोरोनामुक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देवघाट

    देवघाट क्षेत्र विकास समितिका अध्यक्ष कोरोनामुक्त

    खबरपुञ्ज संवाददाता

    २ भाद्र २०७७, बुधबार

    तनहुँ : तनहुँको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेल कोरोनामुक्त हुनुभएको छ । कोरोना सङ्क्रमण भएको एक सातामा क्षेत्र विकास समितिका अध्यक्ष पौडेल कोरोनामुक्त हुनुभएको हो । पौडेललाई गत साउन २८ गते बुधबार कोरोना सङ्क्रमण भएको थियो ।

    सोही दिन कोरोना सङ्क्रमित हुनुभएका देवघाट गाउँपालिका–५ का ३० वर्षीय पुरुष पनि कोरोनामुक्त भएको देवघाट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदीपकुमार बुढाथोकीले जानकारी दिनुभयो ।

    देवघाटका दुई जना समुदायका व्यक्तिमा कोरोना सङ्क्रमण भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा पहिलो चरणमा ३८ र ४३ जनाको स्वाब सङ्कलन गरी परीक्षण गरिएको थियो । त्यसमध्ये देवघाट गाउँपालिका–५ का २७ वर्षीय स्थानीयमा बुधबार कोरोना सङ्क्रमण भएको थियो ।