सामाजिक वहिष्कार गर्नेलाई कारवाही माग, कारवाही नभए काम ठप्प पार्ने स्वास्थ्यकर्मीको चेतावनी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    सामाजिक वहिष्कार गर्नेलाई कारवाही माग, कारवाही नभए काम ठप्प पार्ने स्वास्थ्यकर्मीको चेतावनी

    खबरपुञ्ज संवाददाता

    ३ भाद्र २०७७, बिहीबार

    तनहुँ : भानु नगरपालिकाका स्वास्थ्यकर्मीले भानु नगरपालिका–११ स्थित रुपाकोट स्वास्थ्यचौकीमा कार्यरत अनमी अन्जना अधिकारी र भाई सञ्जीव अधिकारीलाई घरबाट बाहिर ननिस्कन उर्दी जारी गरी घरमा नजरबन्द गराई सामाजिक वहिष्कार गरेको घटनामा दोषीलाई कारवाहीको माग गरेका छन् ।

          बिहीबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै स्वास्थ्यकर्मीले कोरोना रिपोर्ट नेगेटिभ आएको व्यक्ति र स्वास्थ्यकर्मी अन्जना र निजको परिवारप्रति भएको दुव्र्यवहारको खेद प्रकट गर्दै दोषीलाई कारवाहीको माग गरेका हुन् ।

          उक्त घटनामा संलग्न टोल सुधारका अध्यक्ष शालिकराम अधिकारी र वडाध्यक्ष तारानरेश पौडेललाई कारवाहीको माग गर्दै कारवाही नगरिए स्वास्थ्यकर्मी काम ठप्प गरी आन्दोलनमा उत्रने जनाइएको छ । कोभिड–१९ को महामारीको बेला निस्वार्थ रुपमा स्वास्थ्य संस्थामा खटिएको स्वास्थ्यकर्मी र उनको परिवारमा भएको दुव्र्यवहारको घटनाप्रति सम्पूर्ण स्वास्थ्यकर्मीको ध्यानाकर्षण भएको भानु नगरपालिकाका जनस्वास्थ्य निरीक्षक शिवराज मिश्रले बताउनुभयो ।

          प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापनपत्रमा जनस्वास्थ्य निरीक्षक मिश्र, जनस्वास्थ्य अधिकृत जेनी राना मगर, भानु स्वास्थ्यचौकीका अ‍ेह जितेन्द्र श्रेष्ठ, पुर्कोट स्वास्थ्यचौकीका सिअहेव सुवास देवकोटा, आधारभूत स्वास्थ्य इकाईका अहेव निर्मल अधिकारी र भानु स्वास्थ्यचौकीका अहेव सन्तोष श्रेष्ठको हस्ताक्षर छ ।

    भानु नगरपालिकाका ओभरसियर सञ्जीव अधिकारीले आफूलाई कोरोना रिपोर्ट नेगेटिभ आएपनि सामाजिक बहिष्कार गरिएको बताउनुभएको थियो । दिदी अन्जना अधिकारीको घरमा गएर बस्नुभएका उहाँ सहित दिदीको परिवारलाई पनि टोलले घरबाट बाहिर ननिस्कन भन्दै नजरबन्द गरिएको आरोप लगाइएको छ ।

    Image may contain: text