भारतमा एकैदिन थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    भारतमा एकैदिन थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित

    खबरपुञ्ज संवाददाता

    ४ भाद्र २०७७, बिहीबार

    एजेन्सी : भारतमा एकैदिनमा ७० हजार एक सय एक संक्रमित थपिएका छन्। काेरोना भाइरसको महामारी फैलिएयता बुधबार एकैदिन सबैभन्दा धेरै संक्रमित फेला परेका हुन्। सोही अवधिमा ज्यान गुमाउनेको संख्या नौ सय ७८ छ।

    भारतमा हालसम्म २८ लाख ३३ हजार १५ जना संक्रमित भएका छन्, ५३ हजार नौ सय २९ को भाइरस संक्रमणबाट मृत्यु भएको छ।

    सबैभन्दा बढी प्रभावित भएको राज्य महाराष्ट्रमा २४ घण्टामा १३ हजार एक सय ६५ जना नयाँ संक्रमित भेटिएका छन्। अगस्टका १९ दिनमा मात्रै त्यहाँ दुई लाखभन्दा बढी संक्रमित भएका छन्।भारतमा सक्रिय संक्रमित ६ लाख ८८ हजार एक सय ६२ छन्, २० लाख ९० हजार नौ सय २४ जना संक्रमणमुक्त भएका छन्। संक्रमणबाट निको हुनेको संख्या ७३ दशमलव ८ प्रतिशत छ।